देशभर छरिएर रहेका पुस्तक, स्टेसनरी तथा मसलन्द सामग्रीहरुका उत्पादक, आयातकर्ता, वितरक तथा खुद्रा व्यवसायमा संलग्न व्यवसायीहरुको छाता सङ्गठन “नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ”को स्थापना २०६२ पौष २८ गते भएको थियो । पुस्तक तथा विभिन्न शैक्षिक सामग्रीहरुको कारोबारमा संलग्न व्यवसायीहरुको हित संरक्षण गर्दै शैक्षिक जनशक्ति उत्पादनमा राज्यलाई टेवा पु¥याउने उद्देश्यका साथ यो संस्थाको गठन भएको हो । स्थापना कालदेखि आजसम्म आइपुग्दा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ एक सवल, स्थापित व्यावसायिक छाता सङ्गठनको रुपमा परिचित छ ।
वि.स. २०६२ पौष २८ गते बुटवलमा राष्ट्रिय भेला गरी तदर्थ समिति बनाई गठन भएको महासंघ २०६३ कार्तिक १० गते ललितपुर जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भयो । २०६२ फागुन ७ र ८ गते प्रथम राष्ट्रिय महाधिवेशन, २०६६ भदौ २२ र २३ गते दोस्रो राष्ट्रिय महाधिवेशन, २०६९ असोज २६ र २७ गते तेस्रो राष्ट्रिय महाधिवेशन, २०७२ माघ ९ र १० गते चौथो राष्ट्रिय महाधिवेशन, २०७५ पौष २८ र २९ गते पाँचौँ राष्ट्रिय महाधिवेशन तथा २०७८ पौष २८ र २९ गते छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरी एक जिम्मेवार, परिपक्व र व्यवस्थित सङ्गठनको रुपमा स्थापित भैसकेको छ ।
स्थापनाकालदेखि नै महासंघले देशभरी छरिएर रहेका व्यवसायीहरुको समस्याालाई पहिचान गरी समाधानका लागि नीतिगत सुधारमा पैरवी गर्दै आएको छ । मानिसको चेतनाको स्तर वृद्धि गर्न गुणस्तरीय शिक्षाको आवश्यकता पर्दछ, गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको आवश्यकता पर्दछ, जसबाट सभ्य र शिक्षित समाजको परिकल्पना पूरा हुन्छ । महासंघले यहि भावनालाई आत्मसात गर्दै समयानुकूल आफ्ना कार्यक्रमलाई परिस्कृत गर्दै अगाडि बढिरहेको छ ।
“गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच, सांगठनिक आधार”
“व्यावसायिक संरक्षण र साङ्गठनिक सशक्तिकरण हाम्रो अभियान”
“सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान”
“हात हातमा पुस्तक घरघरमा पुस्तकालय”
आदि जस्ता नारा तयार गरि तिनको प्रभावकारी कार्यान्वयनमा अभिभावकत्व प्रदान गर्दै आइरहेको छ ।
महासंघले राष्ट्रमा पठन संस्कृतिको विकास गरी शिक्षित एवं वौद्धिक जनशक्ति उत्पादन गर्दै सभ्य राष्ट्र निर्माणमा टेवा पु¥याउने उद्देश्यले बृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवहरुको आयोजना गर्दै आएको छ । हालसम्म आइपुग्दा ८ ओटा वृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सम्पन्न गरी सकेको छ । ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजसँगको सहकार्यमा तीन वटा अन्तर्राष्ट्रिय शैक्षिक महोत्सव भव्यताका साथ सम्पन्न गरिसकेको छ । शैक्षिक महोत्सवका अवसरमा 
विभिन्न विधामा देशको उन्नयनमा अग्रणी भूमिका निर्वाह गरेका स्रष्टाहरुलाई सम्मान गर्ने एक विशिष्ट संस्कारको विकास गर्दै आइरहेको छ ।
महासंघले स्थापना कालदेखि नै विभिन्न राष्ट्रिय महत्वका विषयहरुमा आफ्नो स्पष्ट धारणा राख्दै आइरहेको छ । २०६२।६३ को जनआन्दोलनका बेला राष्ट्रिय स्तरमै अपिल जारी गरी देशभरका व्यवसायीलाई उक्त आन्दोलनका पक्षमा भूमिका खेल्न आहृवान गरेको थियो । २०७२ सालको विनाशकारी भूकम्प, २०७७।०७८ को कोभिड महामारी, विभिन्न वर्षहरुमा हुने बाढी पहिरो, आगजनी आदि जस्ता प्राकृतिक प्रकोपहरुमा पीडामा परेका मानिसहरुको बीचमा दह्रो साथ दिएर उभिँदै आइरहेको छ ।
हामी व्यवसायी हुँदाहुँदै पनि व्यवसाय भन्दा बढी सामाजिक सेवाभावको कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । व्यवसायी भएपनि तुलनात्मक रुपमा अन्य व्यापार व्यवसायमा संलग्न व्यक्तिहरुभन्दा स्वभाविक हिसाबले पढेलेखेका, शिक्षित व्यक्तिहरु संलग्न भएकाले पनि हामीमा सामाजिक सेवा भाव अथाह छ । रक्तदान कार्यक्रम, गरिब, विपन्न, असहाय वर्गका विद्यार्थी, अभिभावक एवं आम नागरिकहरुलाई पुस्तक, स्टेसनरी, मसलन्द, खाद्यान्न, लत्ताकपडा तथा नगद समेतबाट सहयोग गरी आफ्नो सामाजिक मानविय कर्मको प्रदर्शन गर्ने काममा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । जेलमा भएका कैदि बन्दीहरु पनि पढ्न र ज्ञान लिनबाट वञ्चित हुन नपरोस् भनी महासंघले स्थापना दिवस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुस्तक दिवसका अवसरमा पुस्तकालय निर्माण गर्ने पवित्र र विशिष्ट कार्य गरीरहेको छ ।
महासंघले समयानुकुल विविध विषयमा राष्ट्रिय सञ्चार माध्यमहरुबाट शैक्षिक, वौद्धिक, वैचारिक एवं साहित्यिक विचार गोष्ठी, अन्तरक्रिया गरी समसामयिक विषयहरुमा बहस गर्ने र आफ्नो स्पष्ट धारणा प्रस्तुत गर्दै आइरहेको छ ।
आफ्ना सदस्यहरु प्रकाशक, वितरक, खुद्रा व्यवसायी, स्टेसनरी आयातकर्ता, मसलन्द उत्पादकहरु बीच सुमधुर सम्बन्ध बनाउन र आपसी सद्भाव वृद्धिका लागि विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । आपसी समस्यााहरुलाई सम्वादबाट हल गर्न महासंघले अभिभावकको भूमिका कुशलता पूर्वक निर्वाह गर्दै आइरहेको छ । आफ्ना सदस्यहरुको नेतृत्व विकास र व्यवसाय प्रवद्र्धन सम्बन्धी महत्वपूर्ण तालिम कार्यक्रम सञ्चालन गर्दै आइरहको छ ।