नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले आफ्नो स्थापना कालदेखी इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शकको रुपमा सहभागी हुने अवसर प्राप्त गरेको छ। १० फेब्रुअरी देखि १८ फेब्रुअरी सम्म भारतको नयाँ दिल्लीमा आयोजना भैरहेको World Book Fair-2024 मा महासंघलाई निशुल्क stall उपलब्ध गराएर बिदेशी प्रदर्शकको रुपमा निमन्त्रणा गरिएको हो। सो अन्तर्राष्ट्रिय पुस्तक मेलामा महासंघको केन्द्रीय अध्यक्ष सन्जय कुमार चौधरीज्यु को नेतृत्वमामा गएको टोलिलाई विभिन्न देशहरुको संघ संस्थानहरूले रात्री भोज आयोजना गरि बिशेष अतिथीको रुपमा सत्कार गरेको थियो।
#११ फेब्रुअरीमा (Turkey) टर्की राजदूतले आफ्नो निवासमा ,
#१२ फेब्रुअरीमा National Book Trust, India ले अशोका होटलमा
#१३ फेब्रुअरीमा Bologna book expo, Italy ले India Habitat Centre मा रात्री भोजको आयोजना गरि महासंघलाई बिशेष अतिथीको रुपमा निमन्त्रणा गरेको थियो।
यसबाहेक विभिन्न चरणमा विभिन्न देशहरुको हामी जस्तै संगठनसंग भगीनी संस्थाको रुपमा विभिन्न project हरुमा सहमतिको कुराहरु भएका छन् जुन यसप्रकार प्रस्तुत गर्न चाहन्छौँ।
# आउने South Asia International book expo, 2024 मा China को मोडल जस्तै National Book Trust India ले पनि आफ्नो नेतृत्वमामा एउटा Indian pavilion नेपालमा ल्याउने प्रतिबद्धता र सहमति गरेको छ जसमा उनीहरुको नेतृत्वमा कम्तीमा ५० ओटा स्टल तथा प्रदर्शकलाई सहभागिता गराउने भनिएको छ ।
# सो Expo को अन्तर्राष्ट्रिय pavilion मा टर्की, इजिप्ट , लण्डन बूक फेयरको प्रवर्द्धक, Frankfurt book fair (Germany), Sri Lanka, Bangladesh, Bologna book fair (Italy), Malaysia, Indonesia, China लगायतका संघ संस्था तथा देशहरुले महासंघले आयोजना गर्ने आउने पुस्तक प्रदर्शनीमा सहभागी हुने इच्छा व्यक्त गरेको जानकारी अवगत गराउन चाहन्छौँ।
# त्यसैगरी frankfurt book fair को vice president Claudia Kaiser संग गरिएको महत्वपुर्ण बैठकमा Frankfurt book fair -2024 मा महासंघलाई exhibitor को रुपमा free मा नभए पनि सहुलियत दरको stall उपलब्ध गराउने प्रयास हुने भनिएको छ।Claudia Kaiser ले यो बर्ष तय भैसकेको हुनाले नेपालमा exhibitor को रुपमा सहभागी हुन नसकेपनि २०२५ मा हुने अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा अवश्यपनी सहभागी हुने सहमती देखाउनुभएको छ।
# त्यसैगरी National Book Trust , India र FNBSB को संयुक्त नाम आउने गरि नेपालका २४ ओटा जिल्लाहरुमा घुम्ती पुस्तकालय आयोजना गर्ने भएको छ। त्यसको स्वीकृति लिन भारत तथा नेपाल सरकारलाई निवेदन पठाइसकेको र स्वीकृत भए लगत्तै मार्च महिनाको पहिलो हप्तादेखी नेपालका महासंघले छनौट गरेको जिल्लामा घुम्ती पुस्तकालय आयोजना गर्ने सहमती भएको छ।
#विभिन्न अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी जस्तै Bologna Book fair, Frankfurt Book fair, Sarjah Book Authority, London Book Fair , National Book Trust India लगायत अन्य देशहरूका पुस्तक प्रदर्शनीका प्रबर्द्धकहरुसंग महासंघले भेटघाट गरि विभिन्न चरणमा विभिन्न सहमती गरेको छ साथै एक आपसमा सहयोग गर्ने, भगिनी संस्थाको रुपमा महासंघ जस्तै अन्य संस्थाहरुलाई नेपाल ल्याउने र नेपालबाट पनि महासंघलाई कार्यक्रममा सहभागी गराउन सहयोग गर्ने कुरामा सहमति भएको छ।
यी सम्पूर्ण कार्यक्रमहरुमा बिशेष समन्वय गरी सहजतापूर्ण तरिकाले विभिन्न राष्ट्रका विभिन्न सांगठनिक व्यक्तित्वहरुसंग भेट गराउने,विभिन्न किसिमका मिटिङहरुमा महासंघलाई सहभागी गराउन महत्वपूर्ण भूमिका निभाउने महासंघका एसोसियट सदस्य श्री राजिवधर जोशीज्यूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। उहाँको अनवरत प्रयास र समन्वय बिना महासंघको कार्यक्रम यति धेरै अर्थपूर्ण र सफल हुने थिएन ।यसका लागि महासंघ केन्द्रीय सचिवालयको तर्फबाट उहाँलाई विशेष धन्यवाद दिन चाहन्छौँ। अन्य जानकारी केही भएमा पछि अवगत गराउने अनुरोध गर्न चाहन्छु।
धन्यवाद
केन्द्रीय सचिवालय
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ
केही महत्वपूर्ण व्यक्तिहरुसंगको भेटघाट र हाम्रो महासंघको stall को केही तस्बिरहरु…..
See insights
Boost a post
All reactions:
8You and 7 others