नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघतेस्रो पूर्ण बैठक
२०७९ असार १७ र १८
भावी कार्यक्रमहरू

  •      मस्यौदासहित प्रस्तावित पुस्तक नीतिलाई अध्ययन गरी जारी गर्न सरकारसँग लविङ्ग गर्ने । 
  •      मसलन्द तथा शैक्षिक सामग्रीहरुको उत्पादनमा आवश्यक सामग्रीहरुको आयातमा सहुलियत कर प्रणालीका लागि पहल गर्ने । 
  •      पाठ्यपुस्तक प्रकाशनलाई आवश्यक पर्ने सामग्रीहरुमा सहुलियत भन्सादरको मागसहित प्रकाशन व्यवसायलाई उद्योगको मान्यता दिलाउन सरकारसँग पहल गर्ने । 
  •      बहुपाठ्यपुस्तकको नीतिअनुसार सरकारी निजी साझेदारी अभियान सञ्चालन गरी पाठ्यपुस्तक उत्पादन, वितरणमा नीजि क्षेत्रको भूमिकाको लागि सरकारसँग लविङ्ग गर्ने । 
  •         बैंक तथा वित्तिय संस्थाहरुको अस्थिर ब्याजदरका कारण उत्पन्न व्यवसायिक समस्याको स्थायी समाधानको लागि स्थीर ब्याजदर कायम गराउन पहल गर्ने । 
  •   जनक शिक्षाबाट मुद्रित पाठ्यपुस्तकको ढुवानी तथा व्यापारिक सहुलियत सम्बन्धमा भए गरेका प्रयासहरुलाई मूर्तरुप दिने । 
  •  कक्षा १–१२ सम्मका पाठ्यपुस्तकहरु प्रतिस्पर्धात्मक रुपमा नीजि क्षेत्रले मुद्रण तथा वितरण गर्ने व्यवस्थाको लागि पैरवी गर्ने । 
  •  व्यावसायिक हक हितको लागि सम्बद्ध पक्षहरुसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने ।
  • अदूरदर्शी सरकारी नीतिका कारण पुस्तक प्रकाशन र वितरण क्षेत्रमा देखिएमा विसंगतिको अध्ययन गर्दै निर्वाधरुपमा विद्यार्थीका लागि आवश्यक पाठ्यसामग्री जस्तै ः अभ्यास पुस्तक, प्रश्नपत्र संग्रह तथा सहयोगी पुस्तकहरु प्रकाशन तथा बिक्रीवितरणमा सहजताका लागि निर्णायम भूमिका खेल्ने ।
  • देशभर पाठ्यपुस्तकको मूल्यमा एकरुपता ल्याउनका लागि नेपाल सरकारले तोकेअनुसारको अंकित मूल्यमा पाठ्यपुस्तक बिक्री वितरणलाई निरन्तरता दिने । 
  • स्थानीय तह, प्रादेशिक र संघीय शिक्षा नीति पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण र वितरण प्रक्रियामा महासंघ सम्बद्ध निकायको प्रतिनिधित्वका लागि पहल गर्ने ।
  • दर्ता हुन बाँकी प्रदेशहरुलाई सम्बन्धित निकायमा दर्ता हुनका लागि सहजीकरण गर्ने । 
  • व्यवसायी नेतृत्व विकास र व्यवसाय प्रवद्र्धनका कार्यक्रमहरु प्रादेशिक रुपमा सञ्चालन गर्ने । 
  • व्यवसायिक फर्मको अनिवार्य विमा अभियान चलाउने । 
  • महासंघको प्रविधिमैत्री सचिवालय निर्माणको अभियान सञ्चालन गर्ने ।
  • उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय प्रकाशक संघसँग महासंघको सदस्यताको लागि पहल गर्ने । 
  • महासंघद्वारा निर्मित आचारसंहितालाई पूर्ण रुपमा लागू गर्ने । 
  • विद्यालय तथा बोर्डिङ्ग स्कूलका नाममा छापिने कापीका सम्बन्धमा सरोकारवाला व्यक्ति तथा संस्थाहरूसँग छलफल गरी भएगरेका कार्यलाई रोक्ने । 
  • एउटै प्रकृतिको मालसामानको विभिन्न नामबाट भन्सार छुट हुँदा सामानको मूल्य फरक हुने र खरीदकर्ता अन्यौलको स्थितिमा रहने समस्यालाई निराकरणको चलाइने । 
  • भिसिटिएस, कर तथा राजश्वसम्बन्धी तालिम सञ्चालन गर्ने । 
  • आधिकारिक बिलबाट मात्र कारोबार गर्न प्रोत्साहन गर्ने । 
  • सबै तहका सदस्यहरु एवम् पदाधिकारीहरुमा पदीय दायित्वबोध गराउने किसिमका कार्यक्रम सञ्चालन गरी आत्मानुशासनको विकास गर्ने । 
  • महासंघमा आवद्ध हुन बाँकी प्रतिष्ठानहरुलाई आवद्धताको अभियान चलाउने । 
  • सदस्य व्यवसायीहरुको डाटावेश निर्माण गरी सञ्चालन गर्ने । 
  • स्टेशनरी आयातमा रहेको न्यून विजकीकरणको अन्त्य र पुस्तकको न्यूनतम सुविधा नघट्ने गरी कारोवारको लागि पहल गर्ने । 
  • महासंघका सबै तहका कार्यक्रमहरु निर्धारित समयमा शुरु गर्ने र निर्धारित समयमै अन्त्य गर्ने परिपाटीको विकास गर्ने । 
  • महासंघको आन्तरिक प्रकाशनलाई निरन्तरता दिँदै क्रमिकरुपमा वेवसाइट र डिजिटल प्रकाशन गर्ने। 
  • महासंघ हामी सबैको र महासंघको अभियानलाई कार्यान्वयन गर्नु मेरो पनि दायित्व हो भन्ने भावनाको पैरवी गर्ने । 
  • महासंघको कार्ययोजनामा तय भएका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरुको क्रमशः कार्यान्वयनमा लैजाने ।