नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको सोह्रौँ वार्षिक साधारणसभा तथा सातौँ राष्ट्रिय महाधिवेशन २०८० फागुन १८ र १९ गते काठमाडौँमा भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष सम्माननीय केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यता र महासङ्घका केन्द्रीय अध्यक्ष श्री सञ्जय कुमार चौधरीज्यूको अध्यक्षतामा सम्पन्न भएको समुद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेपाल सरकारका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्म आङ्देम्बे, अतिथिहरूमा महासङ्घका पूर्व अध्यक्ष तथा बागमती प्रदेशका प्रदेश सदस्य माननीय रघुनाथ महर्जनज्यू, महासङ्घका पूर्व अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रमुख श्री धनराज आचार्यज्यू, महासङ्घका संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेज्यू , प्रमुख वक्ताका रुपमा पूर्व बैँकर अनिल केशरी शाहज्यू, महासङ्घका पूर्व अध्यक्षज्यूहरु, सल्लाहकार समितिका सभापति तथा सल्लाहकारज्यूहरु, विभिन्न संघसंस्थाका प्रमुखज्यूहरु, महासङ्घका सम्पूर्ण पदाधिकारीज्यूहरु, प्रदेश अध्यक्षज्यूहरु, केन्द्रीय सदस्यज्यूहरु, भूमिका –६ प्रकाशन समितिका संयोजक तथा सम्पादक मण्डलका सदस्यज्यूहरु, हाम्रो कार्यक्रमलाई सफल पार्न अहम् भूमिका खेल्नुहुने सहयोगी संस्थाहरु, महाधिवेशन व्यवस्थापन उपसमितिका संयोजकज्यूहरु, महासङ्घका पूर्व पदाधिकारी तथा सदस्यज्यूहरु, सातौँ राष्ट्रिय महाधिवेशनलाई सफल पार्न देशभरका सम्पूर्ण प्रदेश तथा जिल्लाबाट आफ्नो कार्यव्यस्ततालाई थाँती राखेर पाल्नुभएका अध्यक्ष, सचिव लगायत सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षकज्यूहरु, व्यवस्थापन जिल्ला काठमाडौं जिल्ला शाखाका पदाधिकारी तथा सदस्यज्यूहरु, सम्पूर्ण पुस्तक तथा स्टेसनरी व्यवसायी मित्रहरु, पत्रकार तथा फोटोग्राफर मित्रहरु, स्वास्थ्य कर्र्मी तथा सुरक्षाकर्र्मी मित्रहरुको उपस्थिति रहेको थियो । हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रम सफल बनाउन उपस्थित भई उल्लेख्य भूमिका निभाउनुहुने तथा कार्यक्रमको शोभा बढाइदिनुहुने सबै सबैमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ ।
- Post published:२०८० फाल्गुन २४, बिहीबार १७:३९