नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको आयोजनामा यही मिति २०८१ असोज ३ गतेदेखी ५ गते ( सेप्टेम्बर १९ तारिखदेखि २१ तारिख) सम्म काठमाडौंको वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा नेपाल, भारत लगायत अन्य देशहरुसंगको सहकार्यमा नेपाल स्पोर्ट्स एक्स्पो-२०२४( Nepal Sports Expo -2024) आयोजना गर्ने भएको छ।सोही कार्यक्रमको बारेमा औपचारिक रुपमा जानकारी दिने उदेश्यले आज Nepal Reporters Club , भृकुटीमण्डप, काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गरिएको थियो।खेलकुद सामाग्रीबिना शैक्षिक सामाग्री अपुरो र अधुरो हुने विश्वव्यापी मान्यतालाई मनन गर्दै यस एक्स्पोले उक्त आवश्यकतालाई सम्बोधन गर्नेछ भन्ने बिश्वास लिएका छौँ ।

कार्यक्रमको अध्यक्षता महासंघका केन्द्रीय अध्यक्ष श्री सन्जय कुमार चौधरीज्यूले गर्नुभएको थियो भने कार्यक्रममा अतिथीका रुपमा यस एक्स्पोका बारेमा महासंघसंग सम्झौता गर्न भारतबाट नेपालमा आउनुभएका इन्फोटेक रिसर्च कम्पनीका प्रबन्ध निर्देशक श्री विक्रम गोयलज्यू र उहाँको टीमका सम्पूर्ण सदस्यज्यूहरु रहनुभएको थियो।कार्यक्रमलाई सफल बनाउन सहभागी हुनुभएका सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा सदस्यज्यूहरु, बागमती प्रदेश पदाधिकारी तथा सल्लाहकारज्यूहरु,काठमाडौं जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ।

कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरि सूचना संकलन तथा सम्प्रेषणका लागि उपस्थित हुनुभएका सम्पूर्ण पत्रकार मित्रहरु तथा मिडियाकर्मी मित्रहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ।

महासचिव

शिवसागर शर्मा

केन्द्रीय सचिवालय

f2a355a9 b6c8 4d62 8954 33560a4e1b14
2ef3a8b2 404a 4751 89ad 0eff92f5dd68
c16505cd bf89 483f 8c3c 34d04414eebc
a2d39251 6218 4149 8fdf 1033717fa8c1
7a1b7fc6 47e7 48bc 9226 08ef8ac14509
68266cdb 5540 4e3a ab7b 73e053d60918
ad6061e7 5143 4814 8a9c b4533c5d1b9e