नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको तर्फबाट नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक कुमार राईलाई भेटी ज्ञापनपत्र बुझाइएको छ । भेटमा माननीय मन्त्रीज्यूले महासंघले राखेका मागहरु बारे आफ्नो ध्यानाकर्षण भएको र उक्त मागहरु पूरा गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । भेटमा भएका मुख्य कुराहरू:

१. मस्यौदासहित प्रस्तावित पुस्तक नीति अविलम्ब जारी गर्नुपर्ने ।

२. पुस्तक तथा अन्य शैक्षिक सामाग्री निर्माणका लागी आवश्यक पर्ने कागज तथा अन्य कच्चा पदार्थ आयातमा सहुलियत भन्सार दर लागु गनुपर्ने ।

३. सम्मानित सर्वोच्च अदालतले पाठ्यपुस्तक बिक्री वितरण सम्बन्धी २०६९/२/१० मा गरेको फैसलालाई पूर्ण रुपमा कार्यान्वयन गनुपर्ने ।

४. विद्यालयहरुले आफ्नै नाममा कपि तथा पाठ्यपुस्तक छपाई गरिरहेको बारे ध्यानाकर्षण तथा त्यस्ता गतिविधि रोक्न माग ।

५. विद्यालयमा कक्षा १ देखि १२ सम्म प्रयोग हुने पाठ्यपुस्तकको मूल्य समायोजन गनुपर्ने ।

६. एकपटक पाठ्यक्रममा दर्ता भई स्वीकृत प्राप्त पाठ्यपुस्तक सो पाठ्यक्रम कायम रहने समयसम्म पुनः मूल्याङ्कन गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्नुपर्ने ।

७. अन्य समसामयिक महत्त्वका बिषयहरू !

उक्त भेटलाई सहजीकरण गरिदिनुभएकोमा पूर्व शिक्षा मन्त्री माननीय दिनानाथ शर्माज्यूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौँ ।

पर्याप्त समय उपलब्ध गराई हाम्रा मागलाई गम्भिरताका साथ लिई उपर्युक्त माग पूरा गर्ने वचनबद्धता व्यक्त गर्नु भएकोमा माननीय मन्त्री अशोक कुमार राईप्रति हार्दिक आभार प्रकट गर्दछु ।

मेरो साथमा उपस्थित बागमती प्रदेश सल्लाहकार संयोजक कृष्णचन्द्र पौडेलज्यू, प्रदेश, जिल्ला तथा काठमाडौँ क्षेत्रीय समितिका साथीहरुलाई हार्दिक धन्यवाद !

महासचिव

शिवसागर शर्मा

केन्द्रीय सचिवालय