इटहरी,२७ पुष । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ केन्द्रीय समितिको प्रदेश नं १ को इटहरीमा हुने साधारण सभाको अन्तिम तयारी पुरा भएको छ ।

party pales

महासंघका अध्यक्ष सञ्जय चौधरीको अध्यक्षतामा बुधवार इटहरीमा बसेको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकले साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको निर्णय गरेको हो ।
कार्यक्रम अनुसार साधारण सभा २८ र २९ गते दुई दिन चल्ने छ ।
२८ गते उद्घाटन सत्रको समापन पछि सुरु हुने बन्द सत्रमा ब्यवसायिक हकहितका साथै आर्थिक र सांगठनिक प्रतिवेदन माथि छलफल हुनेछ । साधारण सभाले आगामी कार्ययोजना समेत पास गर्ने जनाइएको छ ।