नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैठक आज मिति २०७९/५/१८ गते टिका रिसोर्ट,लेकसाइड,पोखरामा सम्पन्न भएको छ।जुन बैठक संजय कुमार चौधरी ज्युको अध्यक्षतामा संचालन भएको थियो।भाद्र १७ र १८ गरि २ दिन संचालन भएको सो बैठकमा महासंघका पूर्व अध्यक्ष तथा पोखरा महानगरपालिकाको मेयर धनराज आचार्यज्युका साथै सम्पूर्ण केन्द्रीय पदाधिकारीज्युहरु,सल्लाहकारज्युहरु, प्रदेश अध्यक्षज्युहरु,प्रकाशक तथा स्टेसनरी एसोसिएट सदस्यज्युहरु,खुल्ला तथा महिला सदस्यज्युहरु,लेखासमितिका सदस्यज्युहरु,सम्पूर्ण प्रदेश सदस्यज्युहरु,सम्पूर्ण बिभागीय प्रमुखज्यु तथा उपप्रमुख ज्युहरु,सम्पूर्ण स्थायी आमन्त्रित सदस्यज्युहरु र सम्पूर्ण केन्द्रीय सदस्यज्युहरुको सकृय सहभागिता थियो।कार्यक्रमलाई महासंघका महासचिव शिवसागर शर्माज्युले संचालन गर्नुभएको थियो भने कार्यक्रम आयोजना तथा व्यवस्थापन गण्डकी प्रदेशका सम्पूर्ण पदाधिकारीहरुले गर्नुभएको थियो।कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिनुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं र आगामी बैठकमा पनि यहाँहरुको उल्लेखनीय उपस्थितिको अपेक्षा गर्दछौँ।
धन्यवाद
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ
केन्द्रीय कायालय,काठमाडौं









