नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठक आज मिति २०७९/३/१८ गते पार्क भिलेज रिसोर्ट,बुढानिलकण्ठ,काठमाडौँमा सम्पन्न भएको छ।जुन बैठक महासंघका अध्यक्ष संजय कुमार चौधरीज्युको अध्यक्षतामा संचालन भएको थियो।असार १७ र १८ गरि 2 दिन संचालन भएको सो बैठकमा महासंघको पूर्व अध्यक्ष तथा पोखरा महानगरपालिकाको मेयर धनराज आचार्यज्युका साथै सम्पूर्ण केन्द्रीय पदाधिकारीज्युहरु,सल्लाहकारज्युहरु, प्रदेश अध्यक्षज्युहरु,प्रकाशक तथा स्टेसनरी एसोसिएट सदस्यज्युहरु,खुल्ला तथा महिला सदस्यज्युहरु,लेखासमितिका सदस्यज्युहरु,सम्पूर्ण प्रदेश सदस्यज्युहरु,सम्पूर्ण बिभागीय प्रमुखज्युहरु,सम्पूर्ण स्थायी आमन्त्रित सदस्यज्युहरु र सम्पूर्ण केन्द्रीय सदस्यज्युहरुको सकृय सहभागिता रहेको थियो।कार्यक्रमलाई बागमती प्रदेश कमिटीले आयोजना गरेको थियो भने कार्यक्रम संचालन महासंघका महासचिव शिवसागर शर्माज्युले गर्नुभएको थियो।












